back
NMB ad

जाँदाजाँदै सरकारले दुरगामी महत्व राख्ने यस्तो निर्णय गर्यो

Kumari bank ad

काठमाडौँँ । सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला पुरूष दुवै) सम्मलाई दिने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ ।

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ । सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ ।

रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टको लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले बताए ।

मन्त्रिपरिषद्को बैठकले महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय भएको छ ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार ०८:४१ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...