back
NMB ad

काठमाडौंमा घर वनाउँनेलाई एसएमएसबाटै महानगरले दिनथाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस) बाटै दिन थालेको छ ।

सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।”

यही माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेका छन् । उनले भने, “सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने निर्णय मान्छेले गर्ने होइन, यो काम सफ्टवेयर आफैँले गर्ने भएकाले निर्णय हुनासाथ सेवाग्राहीको मोबाइलमा सूचना जान्छ ।”

यस प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति, भुइँतलासम्मको स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्वन्धी समेत जानकारी चरणबद्ध रुपमा जान्छ । त्यसका लागि सेवाग्राहीले कामपामा आफ्नो मोबाइल नम्बर दिनुपर्नेछ ।

प्रयोगकर्ताले काठमाडौँ डट जिओभी डट एनपी (kathmandu.gov.np) मा क्लिक गरी नक्सा दर्ता गर्दा प्राप्त भएको रजिस्ट्रेसन नम्बर राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, यसबाट कुन टेबलमा कति समय अड्कियो ? नक्सा पास हुने प्रणालीमा अब कतिवटा टेबलमा पुग्न बाँकी छ, घरमै बसेर हेर्न सकिन्छ ।

यस सेवालाई नागरिकले प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासोको सहजै समाधान हुने महाशाखाले विश्वास लिएको छ । रासस

२०७४ माघ ११ गते प्रकाशित 

वि.सं.२०७४ माघ ११ बिहीवार ०९:०४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...