back
NMB ad

यसरी मिल्यो एनएमबिको एफपिओको समस्या, राष्ट्र बैङ्कले खोलिदियो बाटो

Kumari bank ad

काठमाडौ । एनएमबी बैंकले अब एफपिओ निष्कासन गर्न पाउने भएको छ । एफपिओ समस्याका कारण पुस मसान्त सकिएको दुई साता बित्न लाग्दा समेत गत आर्थिक वर्षको साधारण सभा बोलाउन नसकेको बैङ्कको आठ अर्ब पूँजी पुर्याउन प्रस्ताव गरिएको थप नयाँ सेयर निष्काशनका सम्बन्धमा देखिएको अन्यौलता सकिएको छ । एफपिओ समस्याका कारण सुस्त बनेको बैंक अब भने पूँजी योजना अनुसार नै अघि बढ्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एनएमबीको एफपीओ निष्काशन गर्दा नेदरल्याण्ड्सको एफएमओको हिस्सा २० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण धितोपत्र बोर्डले एफपीओको प्रकृया अघि बढाउन सकेको थिएन । राष्ट्र बैंकले एनएमबीको योजना अनुसार एफपीओको बाटो खोलिदिएको छ । राष्ट्र बैंकका अनुसार पहिलेको शर्त संसोधन गरि नयाँ सेयर निष्काशनको बाटो खुल्ला गरिएको हो ।

कम्पनी ऐनले पुस मसन्त भित्रमा कम्पनीहरुले साधारण सभा सम्पन्न गर्नु पर्ने व्यवस्था गरेको छ । पूँजी योजनामा देखिएको अन्यौलताले बैंक साधारण सभा बोलाउने अवस्थामा नपुगेको हो । तर अब भने बैंकको थप नयाँ सेयर निष्काशनका लागि बाटो खुल्ला भएको छ । योसँगै अब बैंकले साधारण सभाको प्रकृया पनि अघि बढाउनेछ ।

उता धितोपत्र बोर्डले पनि एफपीओका लागि राष्ट्र बैंकको स्वीकृति प्राप्त भएको जनाएको छ । बोर्डका अनुसार बैंकको एफपीओ स्वीकृतिको प्रकृयामा प्रवेश गरेको छ । मेरोलगानीसँग कुरा गर्दै बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले राष्ट्र बैंकको सहमति पत्र आएसँगै प्रकृया अघि बढेको बताए ।

तोकेको पूँजी पुर्याउन थप नयाँ सेयर निष्काशन गर्ने प्रकृया पहिलो चरणमा पुरा गर्ने एनएमबी बैंकले जनाएको छ । प्रस्तावित एफपीओ अण्डरराइटिंगको क्रममा रहेको जनाउँदै बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले एफपीओले समेत लाभांश पाउने गरि साधारण सभा आह्वान गरिने बताए ।

गत आर्थिक वर्षको वित्तीय बिवरण अनुसार बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । बैंकले धितोपत्र बोर्डमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता थप नयाँ सेयर निष्काशन गर्न आवेदन दिएको हो ।

उल्लेखित एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ भने प्रिमियम वातको सबै रकम जगेडा कोषमा जान्छ । त्यसपछि ३९ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बोनस बितरण गर्दा एनएमबिको चुक्ता पूँजी ८ अर्ब नाघ्छ । यस आधारमा हेर्दा एनएमबीले एफपीओ पश्चात ६ प्रतिशत हाराहारीमा बोनस बितरण गर्नुपर्ने हुन्छ ।

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १२:०५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...