back
NMB ad

व्यापार घाटा एक खर्ब ८२ अर्ब, विरगञ्जबाट मात्रै ३२ गुणा घाटा

Kumari bank ad

पर्सा । देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो ।

आव २०७४÷७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

आयात निर्यातलाई तुलना गर्र्दा चालू आवको छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा रु एक खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको उनले बताए। नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो ।

नेपालमा उत्पादन भएका वस्तु विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेका कारण वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकका लागि हुने निर्यात घट्दै गएको छ भने नेपाली बजारको माग बढ्दै गएकाले सो नाकाबाट आयात दिनानुदिन बढ्दै गएको भन्सार प्रमुख पोखरेलले बताए ।

गत आ.व.को तुलनामा चालू आ.व.को पहिलो छ महिनामा रु एक अर्ब ९१ करोड १२ लाख बराबरको वस्तुको निर्यातमा कमी आएको भन्सारले जनाएको छ । आव २०७३÷७४ को पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब ६४ करोड आठ लाखको विभिन्न वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।

नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा जुस, जाम, आयुर्वेदिक औषधि, अन्य रेसाको कपडा, दन्तमञ्जन, फलामे पाइपलगायत रहेका छन् । आयात गरिने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, वाहन, खाद्यान्नलगायत रहेका छन् । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि करिब १५० प्रकारका वस्तु निर्यात हुने गरेका छन् भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका प्रयोग गरी तीन हजारभन्दा बढी प्रकारका वस्तु आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...