back
NMB ad

अर्थतन्त्रको विकासका लागि जलविद्युत् क्षेत्रको विकासले फड्को मार्ने राष्ट्रपतिको विश्वाश

Kumari bank ad

काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिइन ।

राष्ट्रपति भण्डारीले भनिन् “स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् क्षेत्रको विकासमा सरकार लागिपर्नेछ भन्ने मैले विश्वास लिएको छु । ऊर्जा संकट सामना गरिरहेको नेपाललगायत दक्षिण एशियाली मुलुकका लागि हाम्रो प्राकृतिक स्रोत महत्वपूर्ण हुन सक्छ ।”

नेपालको भूवनोटका कारण वायु, सौर्य ऊर्जाको पनि प्रचुर सम्भावना रहेको भन्दै उनले दिगो अर्थतन्त्रको विकासका लागि समेत साधन र स्रोतको प्रयोगमा जोड दिनुपर्ने धारणा राखिन् ।

खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग गरेर मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले त्यसमा विशेष दक्षता र सुझबुझका साथ सरकार प्रस्तुत हुने राष्ट्रपति भण्डारीको विश्वास थियो ।

नेपालमा कूल छ हजार बढी नदीनाला रहेको भन्दै र नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको भए पनि एक हजार मेगावाटको आसपासमा मात्रै उत्पादन गरेर बस्नुपर्ने वाध्यता रहनु दुःखद् रहेकाले आगामी दिनमा गुणात्मक फड्को मार्ने राष्ट्रपतिको भनाइ थियो ।

नेपाललाई पूँजी, प्रविधि, बजार र ज्ञानको जरुरी रहेकोमा जोड दिँदै राष्ट्रपति भण्डारीले लगानीमैत्री वातावरण बन्न सके एकाध वर्षमा ठूलाठूला परियोजनासमेत निर्माण सम्पन्न भएर सुमृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरिन् ।

आगामी दश वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ पावर समिटको आयोजना गरिएको जानकारी दिँदै इनर्जी डेपलपमेन्ट काउन्सिलका प्रमुख सुजित आचार्यले त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

तीन दिनसम्म चल्ने समिटमा विभिन्न मुलुकका ३५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । समिटबाट प्राप्त हुने सुझावलाई कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिने आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए ।

२०७४ माघ १३ गते प्रकाशित

वि.सं.२०७४ माघ १३ शनिवार १७:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...