back
NMB ad

पचपन्न वर्षमा मात्रै एकल महिला (विधवा)लाई भत्ता दिने निर्णयप्रति आपत्ति

Kumari bank ad

काठमाडौँ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले एकल महिला (विधवा) लाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समूहले आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको निर्णय र अहिले भइरहेको व्यवस्थालाई ध्यान नदिई एकल महिलालाई ५५ वर्षमै भत्ता दिने भनी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी र गिरिशचन्द्र लालको संयुक्त इजलासले २०६६ साल फागुन २६ गते ६० वर्षभन्दा मुनिका एकल महिला (विधवा) लाई पनि राज्यको स्रोत्त र साधनले भ्याएसम्म उनीलाई विधवा भत्ता प्रदान गर्नू भनी सरकारको नाउँमा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

एकल महिला समूह र जनहित संरक्षण मञ्चले संयुक्त रुपमा २०६५ पुस ७ गते दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सो आदेश जारी गरेको थियो । सो आदेशअनुरुप सरकारले २०६८ सालदेखि सबै उमेरका एकल (विधवा) महिलालाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत रु ५०० हुँदै हाल रु एक हजार प्रदान गर्दै आएको छ ।

समूहका अध्यक्ष लीली थापाले सर्वोच्च अदालतको आदेशपछि २०६८ सालदेखि नै सरकारले जुनजुकै वर्षका एकल (विधवा) महिलालाई प्रदान गर्दै आएको रकमप्रति बेखवर जस्तो भएर एकल महिलालाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णयप्रति आफूहरुको गम्भीर आपत्ति भएको हुँदा सो निर्णय फिर्ता लिन आग्रह गरिन् ।

२०७४ माघ १४ गते प्रकाशित

वि.सं.२०७४ माघ १४ आइतवार २०:२१ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...