back
NMB ad

तरलता अभाव घटाउन राष्ट्र बैंकको ५२ अर्ब बजारमा, थप दश अर्बको रिपो जारी

Kumari bank ad

काठमाडौ । एनसेलको लाभांश, पुस मसान्तको कर लगायतका कारणले अहिले बैङ्कहरुमा तरलता अभाव भएको बैङ्कहरुले बताउदै आएका छन् । तरलता अभाव समाधानकै लागि विभिन्न चरणमा राष्ट्र बैङ्कले ५२ अर्ब रुपैया बजारमा पठाईसकेको छ । तर पछिल्लो हप्तामा अन्तर बैङ्क ब्याजदर बढेपछी पुनः राष्ट्र बैङ्कले बजारमा रिपोे जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको अन्तर बैंक ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले हस्तक्षेप गरी दश अर्बको रिपो जारी गरेको छ । बजारमा तरलता (लगानी योग्य पुँजी) अभाव भएको भन्दै बैंकहरुले अन्तर बैंक ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बुधबार दश अर्ब रुपैयाँ पठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्ब को हाराहारीमा रहेको छ । तरलता बढाउन केन्द्रीय बैंकले थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक रिपो जारी गरी ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाई सकेको छ ।

एक साताअघिसम्म अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।

तरलता कम भएपछि बैंकहरुको अन्तर ब्याजदर समेत पाँच प्रतिशत नााघेको राष्ट्र बैंकको भनाई छ । ब्याजदर करिडोर नीति अन्तर्गत अन्तर बैंक ब्याजदर पाँच प्रतिशत पुगेपछि राष्ट्र बैंकले बजारमा रकम पठाउने गर्दे आएको छ । यो रकम बैंकहरुले लगेपछि अन्तर बैंक ब्याजदर पाँच प्रतिशतमै सिमित हुने छ ।

रिपोमा बैंक तथा वित्तीय संस्थाले बुधबार (१७ गते) बोलकबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत उक्त रकम बजारमा पठाउन लागेको हो । रिपोको म्याद फागुन २ गतेसम्म रहेको छ ।

२०७४ माघ १७ गते प्रकाशित

वि.सं.२०७४ माघ १७ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...