back
NMB ad

रसुवागढी र साञ्जेनले छान्यो बिक्रि प्रबन्धक, पहिलो चरणको २ अर्ब २० करोड रुपैयाँको आइपिओ फागुन ११ देखि

Kumari bank ad

काठमाडौं। चिलिमेका सहायक कम्पनी रसुवागढी र साञ्जेनको पहिलो चरणको आपिओको टुङ्गो लागेको छ ।
दुबै आयोजनाको पहिलो चरणको सेयर निष्काशन फागुन ११ गतेदेखि हुने भएका छन् ।

रसुवागढी र साञ्जेन दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ताको लागि २ अर्ब २० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएका हुन्।

आवेदन दिँदा सिआस्वा प्रणाली मात्र अपनाइने कम्पनीले जनाएको छ। दुवै कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई तोकेका छन्।

दुबै कम्पनीको प्राथमिक शेयरमा २०६८ मंसिर २२ गतेदेखि २०७४ पुष २० गतेसम्म कायम भएका संचयकर्ताले आवेदन दिन पाउनेछन् । संचयकर्चाले न्युनतम ५० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिन पाउनेछन्।

दोस्रो चरणमा दुवै कम्पनीले चैत ५ देखि १३ गतेसम्म प्राथमिक शेयर निष्काशन गर्नेछन्। यसमा दुवै कम्पनीका संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारी र संचयकोषका कर्मचारीले आवेदन दिन पाउने छन्।

संस्थापक संस्थाहरुमा नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाको स्थानीय निकायका कर्मचारी रहेका छन्। उनीहरुलार्इ रसुवागढीले २३ करोड ९४ लाख रुपैयाँको सेयर छुट्याएको छ भने साञ्जेनले १६ करोड ४२ लाख रुपैयाँको सेयर छुट्याएको छ।

रसुवागढीको सेयरमा कर्मचारी संचय कोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि २५०० कित्तासम्मको लागि आवेदन दिन पाउनेछन्। त्यस्तै साञ्जेनको लागि कोषका कर्मचारीले न्युनतम ५० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले निष्काशन गर्न लागेको शेयरमा एक भन्दा धेरै समूहमा योग्य भए पनि एउटा मात्रै समूहबाट आवेदन दिन पाइने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आवेदकले आवेदन दिन कम्पनीले तोकेकै स्थानमा जानुपर्ने छ। अनलाइन प्रणाली भए पनि तोकिएका व्यक्तिले मात्रै आवेदन दिन पाउने हुँदा आवेदकले आफ्नो परिचयपत्र बोकेर तोकिएको स्थानमा जानुपर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

२०७४ माघ २४ गते प्रकाशित

वि.सं.२०७४ माघ २४ बुधवार १६:१२ मा प्रकाशित

You can share this post!

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१८

काठमाडौँ, १ जेठ: सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट...

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१४

काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र...

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:०९

काठमाडौँ, १ जेठः सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका...

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...