back
NMB ad

धितोपत्रको हातमा नयाँ स्टक एक्सचेञ्ज, के हुन्छ अब नेप्से ?

Kumari bank ad

काठमाडौ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेसँगै एकाएक चर्चामा आएको नयाँ स्टक एक्चेञ्जको निर्णयको जिम्मा धितोपत्र बोर्डले नै पाएको छ । बोर्डले गत कात्तिकमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न स्वीकृति माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

उक्त पत्रको जवाफमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने सम्बन्धमा आफैं निर्णय गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । मन्त्रालयले प्रचलित कानुनी व्यवस्था अनुसार आफैं आवश्यक निर्णय गर्न धितोपत्र बोर्डलाई आग्रह गरेको हो ।

योसँगै अब नयाँ स्टक एक्सचेञ्ज खोल्नका लागि धितोपत्र बोर्डलाई बाटो खुल्ला भएको छ ।यद्यपी बोर्डले अझै पनि नयाँ स्टक एक्सचेञ्ज ल्याउन दिने कि नदिने भन्ने निर्णय गरिसकेको छैन ।

बोर्डको उक्त प्रस्तावमा आफैं निर्णय गर्नका लागि अर्थले बाटो खुल्ला गरेको अर्थमन्त्रालयले जनाएको छ । ‘धितोपत्र सम्बन्धि सबै निर्णय गर्ने व्यवस्था ऐनमा उल्लेख भैसकेको छ । सोही व्यवस्था अनुसार निर्णयमा गर्न मन्त्रालयले बोर्डसँग आग्रह गरेको हो ।

धितोपत्र सम्बन्धि ऐन २०६३ ले पूँजी बजारका सम्बन्धमा निर्णय गर्ने व्यवस्था गरेको छ ।धितोपत्र बोर्डले भने ‘मन्त्रालयबाट जवाफ आइसकेको अवस्थामा नयाँ स्टक खोल्ने सम्बन्धमा बोर्डले सञ्चालक समितिको बैठकबाट थप निर्णय गर्ने बताएको छ ।

२०७४ माघ २४ गते प्रकाशित

वि.सं.२०७४ माघ २४ बुधवार १८:३८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...