back
NMB ad

नेकोको सेयर छ ? हकप्रद बारे पढ्नुहोस् यो जानकारी

Kumari bank ad

काठमाडौ । नेको इन्स्योरेन्सले ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले माघ २६ गते शुक्रबारदेखि दुई बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन गर्न पाउनेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सका सेयरधनीले आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, एनएमबि क्यापिटल र एनएमबि बैंकका सबै शाखा कार्यालयबाट समेत हकप्रद सेयरका लागि चैत १ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

चालू आवको प्रथम त्रैमासमा कम्पनीले तीन करोड ६१ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रूपैयाँ ३० पैसा कायम गरेको छ । कम्पनीको सेयर विहीबार प्रतिकित्ता ५७० रूपैयाँमा कारोबार भएको छ ।

२०७४ माघ २६ गते प्रकाशित

वि.सं.२०७४ माघ २६ शुक्रवार १७:०५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...