back
NMB ad

हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले राहत

Kumari bank ad

तेह्रथुम । बुधबार अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमिन बाँझै रहेको थियो ।

वर्षाले किसानलाई ढिलै भए पनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान सोमनाथ आचार्यले बताए । “पानी नपरेर बारी बाँझै थियो, अब बाँझो फोडेर मकै छर्न बाटो खुलेको छ,” उनले भने । बुधबारको वर्षाले सबै क्षेत्रको जमिन राम्रोसँग नभिजे पनि अब निरन्तर वर्षा हुने आशा किसानले राखेका छन् । जिल्लामा गत असोजयता वर्षा भएको थिएन ।

असोजयता जिल्लामा वर्षा नहुँदा जिल्लाको ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । त्यतिका जमिनमध्ये अहिले पनि बाह्रैमास सिँचाइ हुने जमिन करिब छ हजार हेक्टर मात्रै छ । बाँकी रहेको बाँझो जमिनमा खेती लगाउन हिउँदे वर्षाले सहयोग पु¥याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

वर्षाले जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकै लगायतको कृषि बाली लगाउन सहज बनाएको किसानले बताएका छन् । वर्षा भएपछि किसानलाई बाली लगाउन बाटो खुलेको हमरजुङका किसान बमप्रकाश लिम्बूले बताए । बुधबार वर्षासँगै केही क्षेत्रमा असिनासमेत परेको छ । असिनाले केही फलफूल बालीमा क्षति पु¥याए पनि हिउँदे बाली लगाउनका लागि भने सहज बनाएको किसान लिम्बूले बताए ।

 

२०७४ फागुन २ गते प्रकाशित

वि.सं.२०७४ फागुन २ बुधवार २१:४८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...