back
NMB ad

नेपाली धनी भएको संकेत : ह्वात्तै बढ्यो निजी सवारी कारोबार

Kumari bank ad

ललितपुर । सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको कुराले मध्यमवर्गिय नेपालीको आयस्तर बृद्धि भएको संकेत मिलेको छ ।

बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना÷ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ ।

यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म हेर्दा ६ हजार ६०२ वटा कार, जिप भ्यान दर्ता भएको प्रशासन शाखामा कार्यरत अमरसिंह ओलीले बताए ।
“यही अवधिमा सार्वजनिक बस, मिनीबस र माइक्रोबस गरेर जम्म ६७४ वटा नयाँ दर्ता भएका छन् । तथ्यांक हेर्दा सार्वजनिक नं प्लेट भन्दा धेरै गुणा बढी निजी नं प्लेटका गाडी दर्ता भएका छन्, उनले भने, “दशैं–तिहारलगायतका समयमा निजी गाडी किन्ने अझै बढी हुन्छ ।”
निजी सवारी साधनको खरिद पाँच वर्षयता अझै बढेको देखिएको छ । भूकम्प आएको वर्ष २०७२÷७३ मा निजी नम्बर प्लेटका २१ हजार ६४७ कार, जिप, भ्यान दर्ता भएका थिए ।

कार्यालयमा गत कात्तिकसम्म एक लाख ७१ हजार ९६ वटा कार, जिप भ्यान दर्ता भएका छन् । हालसम्म जम्मा ११ हजार ९३८ वटा बस, सात हजार १८३ वटा मिनिबस र तीन हजार ७९९ वटा माइक्रोबस कार्यालयमा दर्ता भएका छन् ।

२०७४ फागुन ११ गते प्रकाशित

वि.सं.२०७४ फागुन ११ शुक्रवार १९:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...