back
NMB ad

प्रदेशसभाको कार्यविधि पारित

Kumari bank ad

हेटौँडा । प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई बहुमतद्धारा पारित गरिएको छ ।

सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नियमावली पारित भइसकेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेका छन् ।

उक्त बैठक प्रारम्भ भएपछि प्रदेशसभाका सदस्य शोभा शाक्य, राधा घले, रिना गुरुङ, युवराज दुलाल, रामेश्वर फुयाँल र रीता माझीले आ–आफ्नो धारणा राखेका थिए ।

उहाँहरुले मुलुकको संविधानको मर्मलाई आत्मसात् गरी प्रदेशसभाको काम, कर्तव्य, अधिकार र संघीय सरकारलाई जनताको हितमा काम गर्न र सरकारले गरेका अनियमित कार्यलाई ऐन कानूनद्वारा नियन्त्रणमा ल्याउन एवं जनतालाई सामाजिक न्याय दिलाउन प्रदेश सरकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए।

नियमावलीमा प्रदेशसभाको सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यको काम, कर्तव्य र अधिकार सार्वजनिक जनहितको विषयमा, आर्थिक विनियोजित विधेयक प्रदेशसभाका सदस्यको विशेषाधिकार, आचरण व्यवहारलगायत विधेयक २१७ वटा नियम दफा र ६ वटा अनुसूची समावेश गरिएको छ ।

यसैगरी नियमावलीमा प्रदेशसभाको १३ जिल्लामा बसोबास गर्ने १०० जना नागरिकले राष्ट्र एवं सार्वजनिक हितको महत्वपूर्ण विषयमा प्रदेशसभामा ध्यानाकर्षण गर्ने उद्देश्यले ल्याइएको प्रस्तावलाई प्रदेशसभाका तीनजना सदस्यले हस्ताक्षर गरेपछि प्रस्ताव पेश गरी छलफलमा ल्याउन सकिने नयाँ व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति २०७४ फाल्गुण १४ गते

वि.सं.२०७४ फागुन १४ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...