back
NMB ad

कसरी हुन्छ सेयर सूचिकरण ? कती लाग्छ शूल्क ?

Kumari bank ad

काठमाडौ । तपाईले नेपाल स्टक एक्सचेन्ज मार्फत सेयर खरिद बिक्री गर्ने गर्नुभएको छ ? नेप्सेमा सेयर कसरी सूचिकृत हुने र कारोबारमा आउने प्रक्रिया बारे तपाईमा जिज्ञासा हुन सक्छ । नेप्सेमा सेयर सूचिकृत हुनको लागि धितोपत्र सूचिकरण विनियामली २०५३ अनुसार प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

सेयर सूचिकृत गराउन चाहने संस्थाले र्साजनिक माध्यममा सर्वसाधारण समक्ष निष्काशन गरेको साधारण सेयर, अग्राधिकार सेयर, सरकारी ऋणपत्र, डिवेन्चर लगायतको बिक्री वितरण भई पुनः खरीद बिक्री हुन सक्ने तुल्याउनको लागि नेप्सेमा सूचिकरण गराउन पर्ने हुन्छ ।

सूचिकरण भईसके पछी वित्तीय मध्यस्तकर्ता (ब्रोकर) मार्फत दोस्रो बजारमा उक्त कम्पनीको सेयर कारोबार गर्न सकिन्छ । यसका लागि धितोपत्र कारोवार नियमावली २०५३ को परिच्छेद २ र त्यसको विनियम ५ अनुसार निम्न शुल्क सहित साधारण सेयर सूचिकरण गर्न सकिन्छ ।

संगठित संस्थाको पुँजी संरचनाको आधारमा सर्वसाधारणलाई निम्नानुसार विक्री वा बाँडफाँड गर्नुपर्ने तथा विक्रीको लागि छुट्याईएको हुनुपर्छ । अग्राधिकार सेयर सूचिकरण ५० लाख रुपैँया वरावर, एकांक वा समुहगत वचत कार्यक्रम भएमा २ करोड रुपैँया वरावरको भई अग्राधिकार तथा एकांक वा समुहगत वचत गर्नेको संख्या कम्तिमा २ सय जना हुनुपर्दछ ।

डिवेन्चरको हकमा भने नेपाल धितोपत्र वोर्डको २०६३ माघ २३ गतेको पत्रको निर्णयानुसार अंकित मूल्य एक हजार र कम्तिमा सात जना सेयरवाला हुनुपर्नेछ । त्यस्तै सेयरको हकमा अंकित मूल्य १० रुपैँया वा १०० रुपैँया हुनुपर्ने धितोपत्र बोर्डले जनाएको छ ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १६ बुधवार ०९:११ मा प्रकाशित

You can share this post!

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...