back
NMB ad

किन देखायो विज्ञ अर्थमन्त्रीलाई सेयर बजारले लालझण्डा ! थोरै आशा धेरै निराशा

Kumari bank ad

काठमाडौँ । नयाँ अर्थमन्त्रीलाई स्वागत स्वरुप हरियो झण्डाले केही आशाको संकेत गरेको सेयर बजार एक दिन पनि टिक्न नसकी लालझण्डा फहराउन पुगेको छ । बुधबार सेयर बजारमा आएको तिब्र गिरावटले यो संकेत गरेको हो । यसले लगानीकर्तालाई निराश बनाएको छ ।

केही दिनमा तिब्र रुपले बढ्ने अनि सोही गतिमा तल झर्ने प्रवृत्तिका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । यद्यपी कारोबार रकममा देखिएको स्थिरताले केही आशावादी बनाएको छ ।

बजार बढेको संकेत पाउने बित्तकै ठुलो संख्यामा सेयर बोकेर बसेकाहरु एकाएक सेयर बेच्न उत्रिँदा सामान्य लगानीकर्ता फस्ने गरेका छन् । बजार सुधारको संकेतसँगै केही दिन यता कारोबार रकम बढे पनि कारोबारीहरुको सक्रियताले तल झर्न थालेको हो । यस क्रममा बुधबार मात्र बजार परिसुचक नेप्सेमा १८.८२ अंकको गिरावट आएको छ ।

बजार खुलेदेखि नै ओरालो लाग्ने क्रममा सूचक १३४५.९९ अंकमा पुगेर अडिएको छ । १६० कम्पनीका १३ लाख ३७ हजार ३३७ कित्ता सेयर ५ हजार २५९ पटक कारोबार हुँदा ५४ करोड ३४ लाख ३१ हजार ५८३ रुपैंयाको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा झण्डै डेढ करोड रुपैंयाले गिरावट आएको छ ।
बुधबार कारोबारमा आएका सबै कम्पनीका उपसमुहहरु तल झरेका छन् । बजारमा आएको गिरावटसँगै बजार पूँजीकरणमा पनि गिरावट आएको छ । अघिल्लो दिन १५ खर्ब ९६ अर्ब रुपैंया रहेको पूँजीकरण बुधबार १५ खर्ब ७४ अर्ब रुपैंयामा झरेको छ ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १६ बुधवार १६:३३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...