back
NMB ad

जिल्ला मालपोत कार्यालयले उठायो १ अर्व ६६ करोड राजस्व

Kumari bank ad

काठमाडौँ । जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो । सो कार्यालयले पूँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन घर जग्गा पास शुल्क संकलन गर्दै आएको छ ।

कार्यालयले काठमाडौँको कलंकी, मनमैजू, चाबहिल तथा साँखुबाट पनि मालपोत उठाउँदै आएको छ । मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशवप्रसाद न्यौपानेले मालपोत उठाउने काम स्थानीय तह अर्थात् सम्बन्धित वडा कार्यालयबाट नै गर्ने अधिकार प्रत्यायोजन भइसकेकाले उक्त काम स्थानीय तहबाट हुने गरेको बताए ।

मालपोत कार्यालयमा गएको फागुनदेखि पूर्णरुपमा अनलाइनमार्फत सेवाग्राहीलाई सेवा दिन थालिएको छ । रजिष्ट्रेशन, जग्गा नामसारी तथा अदालती मुद्दा कार्यान्वयन प्रमुख कार्य भएको उनले बताए ।

कार्यालयका प्रमुख लेखा अधिकृत कृष्णप्रसाद दाहालले कार्यालयभित्र रहेका चारवटा रजिष्ट्रेशन फाँट, दुईवटा मुद्दा फाँट, चारवटा मोठ फाँट तथा एउटा तामेली फाँटमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए । उहाँले घरजग्गाको किनमेलमा केही कमी आएको कारण गत वर्षको तुलनामा झण्डै रु २० करोड राजश्वमा कमी आएको बताए ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १६ बुधवार १७:१२ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...