back
NMB ad

सानिमा बैंकले दियो धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख आर्थिक सहयोग

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फोउण्डेशनलाई रु. २१ लाख सहयोग गरेको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ गते उक्त बस्तीमा एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।

उक्त बस्ती निर्माणमा अपुग् भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको छ । एक कार्यक्रमकाबीच बैंकका सन्चालक तुकप्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई सह्राना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुशी लागेको पौडेलले बताए ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेल (धुर्मुस) ले उक्त बस्ती अनुमानित समय भन्दा चाँडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउँदै बैंकिङ्ग क्षेत्रबाट अहिलेसम्मको सबै भन्दा ठूलो धन राशी सहयोग प्राप्त भएकोमा बैंकलाई धन्यबाद दिए । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं उनले यो रकम सगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए । त्यसै गरी कुञ्जना घिमिरे (सुन्तली) ले फोउण्डेशनलाई बिश्वास गरेकोमा धन्यवाद दिदै यो सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गरेकोमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताए । साथै आफ्नो कलाकारीतामा मात्र सीमित नरहि समाज सेवामा लागेकोमा धुर्मुस र सुन्तली प्रति कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

फाल्गुण १८, २०७४ मा प्रकाशित

वि.सं.२०७४ फागुन १८ शुक्रवार २३:१७ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...