back
NMB ad

एकताको आधार नै जबज रहेकोले जबज छाड्न सक्दिन : गौतम

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसक्ने बताएका छन् ।

शहीद यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई यहाँ आजसम्बोधन गर्दै उनले जबज संसारकै उत्कृष्ट विचारधारा भएको जिकिर गरे । “नेकपा (माओवादी केन्द्र)सँग एकता भए पनि म जबज छाड्न सक्दिन”, उनले भने ।

उनले अहिलेसम्म माओवादी केन्द्रसँगको एकताको आधार नै जबज रहेको स्पष्ट गरे । उनले शहीद गौतमले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानलाई भुल्न नसकिने बताउँदै गौतमको हत्या गरेर तत्कालीन माओवादीले गल्ती गरेको आरोप लगाए । यदुको विसं २०५५ फागुन २१ गते रुकुममा तत्कालीन माओवादीबाट हत्या गरिएको थियो । त्यतिबेला उनी एमाले जिल्ला सचिव रहेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गौतमको हत्या पार्टीको निर्देशनमा नभई स्थानीयस्तरबाट भएको बताउँदै यदुको हत्यामा पार्टीले गल्ती स्वीकार गरिसकेको बताए ।

कार्यक्रममा यदुकी श्रीमती तीर्थाले पतिको हत्या के कारण भएको हो भन्ने अहिलेसम्म थाहा नपाएको बताउँदै अहिले दुई पार्टी एक हुन थालेकामा आफूलाई खुशी लागेको छ भनिन् ।

२०७४ फागुन २१ गते प्रकाशित

वि.सं.२०७४ फागुन २१ सोमवार २०:४४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...