back
NMB ad

विद्यार्थी अभावले खारेज हुँदै सामुदायिक विद्यालय

Kumari bank ad

रुकुम । पश्चिम रुकुमकोआठबीसकोट नगरपालिकाले नौ सामुदायिक विद्यालय खारेज गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका आधारमा ती विद्यालयलाई नजिकको अर्को विद्यालयमा पूर्णरुपमा गाभ्ने निर्णय भएको समितिले जनाएको छ ।

विद्यालय अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा नौ विद्यालयलाई पूर्ण गाभिने र १६ विद्यालयको कक्षा घटाउने निर्णय भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । पढाइको गुणस्तर सुधार्न विद्यालय खारेज तथा तह घटाउने निर्णय भएको बताइएको छ ।

“न्यूनतम पूर्वाधार पूरा नभएका, विद्यार्थी संख्या न्यून रहेका, विद्यालयको दूरी ३० मिनेटभन्दा कम भएका र शैक्षिक गुणस्तर न्यून भएका विद्यालय खारेजीमा परेको उनले बताए । विद्यालय गाभिएपछि शैक्षिक सुधार हुनाका साथै भौतिक पूर्वाधार अभाव नहुने गरेर सबै व्यवस्था मिलाउने तयारी गरिएको छ ।

नगरपालिकाभित्र रहेका चित्रिपाटन आधारभूत विद्यालय वडा नं ४, मस्टकैलाश तथा जलदेवी आधारभूत विद्यालय वडा नं ५, जोलीपीपल तथा जनचेतना र दीपज्योति आधारभूत विद्यालय वडा नं ९ लाई खारेज गरिएको छ । यसका साथै साइराम आधारभूत विद्यालय वडा नं १०, जनभावना आधारभूत विद्यालय वडा नं ११ र जनविकास आधारभूत विद्यालय वडा नं १२ पनि खारेजीमा परेका छन् ।

ती विद्यालयका शिक्षक तथा विद्यार्थी र अन्य भौतिक सम्पत्ति नजिकको विद्यालयमा गाभिएको नगर प्रमुख केसीले बताए । भौतिक पूर्वाधारको अभाव भएका र विद्यार्थी संख्या कम भएका अन्य १६ विद्यालयको तह घटाउने निर्णय भएको छ ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...