back
NMB ad

सात चरणमा खानी उत्खननका लागि अध्ययन गर्ने

Kumari bank ad

काठमाडौँ । खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पाँचांैमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताए । “धातु र अधातु के÷के छ भनेर अध्ययन गछौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौँ”– उनले भने ।

विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार १२:५४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...