back
NMB ad

यस्ता आधार प्रस्तुत गर्दै प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्ने माग

Kumari bank ad

काठमाडौँ । नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ ।

समाजले पत्रकार सम्मेलन आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो ।

समाजका अध्यक्ष रामलाल श्रेष्ठले राजधानी बनाउनका लागि जल, जमिन, वातावरण र भवन पर्याप्त मात्रा भएको र नुवाकोट छहरे–टोखा सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययन भएको अवस्थामा राजधानी बनाउन उपयुक्त हुने बताए ।

नुवाकोटबाट निर्वाचत प्रदेशसभा सदस्य केशव पाण्डे, बद्री मैनालीले यसबारेमा पार्टीभित्र बहस भइरहेको र विकल्पका रुपमा काभ्रे वा नुवाकोट राजधानी बनाउनुपर्ने विचार राख्दै तीव्ररुपमा आर्थिक विकास भएको काभ्रेलाई भन्दा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त हुने सुझाव राखे ।

काठमाडौंबाट नुवाकोट जोड्ने तीन मार्ग बालाजु–ककनी हुँदै त्रिशूली, छहरे टोखा हुँदै त्रिशूली, कलंकी गल्छी हुँदै त्रिशूली मार्गको विस्तार भइरहेको र केरुङ र भारतको सीमा ठोरी नाका नुवाकोटबाटै जोडिने हुनाले राजधानी उपयुक्त हुने धारणा राखे ।

सो अवसरमा नुवाकोटको भौगोलिक, ऐतिहासिक चीजलाई समेटेर बनाइएको वृत्तचित्रसमेत प्रदर्शनी गरिएको थियो ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार २०:५६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...