back
NMB ad

सञ्चारलाई विध्वंशको माध्यम नबनाउ : सञ्चार राज्यमन्त्री बाँस्कोटा

Kumari bank ad

धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारलाई विध्वंशको माध्यम नभई रोजगारी सिर्जना गर्ने खालको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गरे । उनले आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई विध्वंशको माध्यम नबनाउन सञ्चार जगतलाई आग्रह गरे ।

राज्यमन्त्री बाँस्कोटाले पत्रकारितामा भएको समस्यालाई समाधान गर्न सरोकारवाला निकाय राज्यका विभिन्न वैधानिक निकाय, नेपाल पत्रकार महासंघ, सञ्चारविज्ञ र विभिन्न संघ÷संस्थासँग समन्वय गरेर काम गर्ने बताए ।

उनले सरकारी क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र निजी सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीबीचको पारिश्रमिकको विषयमा उठेको मुद्दालाई समाधान गरी नेपाली प्रेसलाई मर्यादित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

२०७४ चैत ३ गते प्रकाशित

वि.सं.२०७४ चैत ३ शनिवार १७:२८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...