back
NMB ad

काठमाडौंमा मोनो रेल निर्माण गर्न कस्सिए मुख्यमन्त्री पौडेल, मलेसियन कम्पनीसंग यस्तो भयो छलफल

Kumari bank ad

काठमाण्डौँ । काठमाडौं उपत्यकाको सवारी चापलाई कम गर्ने उदेश्यले सञ्चालन गर्ने भनिएको मोनो रेल निर्माणको विषयमा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलसँग मलेसियन कम्पनी “पावरटेक” र लगानीकर्ता “एञ्जल इन्भेष्टमेन्ट नेटवर्क” का प्रमुखहरुसँग छलफल भएको छ ।

आज काठमाडौंमा भएको भेटवार्तामा “पावरटेक” कम्पनी मलेसियाका अध्यक्ष अमिउद्दिन अदनान, निर्देशक सिएस सिल्भरजा तथा लगानी गर्ने मलेसियाको चर्चित नेटवर्क एन्जल इन्भेष्टमेन्टका अल्बर्ट पेरिनागामयले नेपालको राजधानी काठमाण्डौमा मानो रेल निर्माणमा सरकारको साथको अपेक्षा गरेका थिए ।

सरकारले लगानीका लागि वातावरण निर्माण गरिदिए आफुहरुले साढे ३ वर्ष भित्रमा मोनेरेल निर्माण पुरा गरि सञ्चालन गर्ने उनीहरुको धारणा रहेको थियो ।

२८ दशमल ५ किलो मिटरको चक्रपथमा निर्माण गर्ने लक्ष्य राखिएको मोनेरेल निर्माणको लागि ८० अर्ब देखि १ खर्बसम्म लाग्ने अनुमान गरिएको छ । ९ महिनाको डिपिआर सहित ३ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी आफुहरुलाई लगानी गर्ने वातावरण निर्माण गर्न कम्पनीका प्रतिनिधिहरुले प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।

मानो रेल निर्माणको ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने बताउँदै कम्पनीका प्रतिनिधिहरुले सरकारलाई लगानीमैत्री वातावरणको लागि आग्रह गरेका हुन् ।

कम्पनीको धारणपछि मुख्यमन्त्री पौडेलले काठमाडौंको लागि मानोरेल अत्यावश्यक भएको भन्दै सरकार यो विषयमा गम्भिर भएर लाग्ने बताए । सरकारले लगानीमैत्री वातावरण निर्माणको लागि कानुन निर्माणको चरणमा काम गरिरहेको उनको भनाई थियो । भेटघाटमा पुर्व अर्थमन्त्री विष्णु पौडेलको समेत उपस्थिती रहेको थियो ।

२०७४ चैत ६ गते प्रकाशित

वि.सं.२०७४ चैत ६ मंगलवार २२:३६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...