back
NMB ad

एकहप्ताको अवधीमा दुईपटक ट्रेजरी बेच्दै राष्ट्र बैङ्क, अाजबाट १३ अर्ब ३३ करोड बजारमा

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले एक हप्ताको अन्तरमा पुनः ट्रेजरी निष्काशन गरेको छ । गत चैत ५ गते ट्रेजरी बिक्री गरेको बैङ्कले साेमबार फेरी १३ अर्ब ३३ करोड रुपैँयाको ट्रेजरी बिक्री गर्न लागेको हो ।

राष्ट्र बैङ्कको ट्रेजरी खरिदका लागि बैंकहरुले साेमबार दिउँसो ३ बजेसम्म आवेदन दिनुुपर्ने सुचना जारी भएको छ । बैङ्कले चार फरक अवधीको ट्रेजरी एकै पटक बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार कुुल ट्रेजरीमा २०७५ वैशाख ११ गते परिपक्क हुनेगरि २८ दिने अवधिको तीन अर्ब र २०७५ असार १२ गते परिपक्क हुनेगरि ९१ दिने अवधिको चार अर्ब तीन करोड रुपैँयाको ट्रेजरी रहेको छ ।

त्यस्तै २०७५ असोज १६ गते परिपक्क हुनेगरि एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र २०७५ चैत १२ गते परिपक्क हुनेगरि तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ ।

यसअघि चैत ५ गते राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ६० करोड, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको तीन अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

२०७४ चैत ११ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ११ आइतवार २१:५८ मा प्रकाशित

You can share this post!

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...