back
NMB ad

सार्वजनिक जमिन खोज्दै महानगर, अर्बौ रुपैयाँ मुल्यको जग्गा सरकारी स्वामित्वमा

Kumari bank ad

कास्की । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।

व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं। ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।

पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कास्की र प्रहरीको सक्रियतामा अर्बौं रुपैयाँ पर्ने उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि उक्त ठाउँमा निर्मित केही टहरा हटाइएको थियो ।

“यस जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनै पनि व्यक्ति विशेषको नभएको ठहर गरेको थियो” अध्यक्ष पौडेलले भने । “सर्वोच्चको निर्णय पछि वडा कार्यालयले जग्गा संरक्षणको पहल शुरु गरेसँगै अन्ततः जग्गा सरकारी स्वामित्वमा आएको हो ।”

“यस जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालीम केन्द्रसहितको मुख्यालय बनाउने चर्चाका साथै खेलकूद विश्वविद्यालय बनाउने चर्चा पनि छ” पौडेलले भने । “प्रदेशस्तरीय संग्रहालय र नमुना पार्कलगायतका संरचना निर्माण गर्ने विषयमा पनि हामीले छलफल शुरु गरिसकेका छौं ।”

जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयवासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकारलगायत सम्पूर्ण सरोकारवालालाई अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरे ।

२०७४ चैत १५ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १५ बिहीवार १०:१९ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...