back
NMB ad

यसपालीको भ्रमणमा दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन र विगतका सन्धी सम्झौता कार्यान्वयनमा जोड : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताउनुभएको छ ।
आज बिहान बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरु संगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पार्नुभयो । “यसपालीको भ्रमणमा कुनै सन्धी सम्झौता हँुदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यान्वयनमा जोड दिइने छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल,झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीका उपस्थिती थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो । नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँहरुले पुरानो मानसिकता राखेर २१ औं शताब्दीको सम्बन्ध विकाश गर्न नसकिने बताउनुभएको थियोे ।

पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । उहाँँले नेपाल भारत सम्बन्ध “भाइभाइको हैन मित्र÷मित्र जस्तो हुनु पर्ने” बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताउनुभयो । उहाँले भन्नुभयो “भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ ।”

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
छलफलमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपालभारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।

२०७४ चैत २१ गते प्रकाशित

वि.सं.२०७४ चैत २१ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...