back
NMB ad

एकचालिस वर्षको उमेरमा ५०औँ पटक रक्तदान गर्दै केसी

Kumari bank ad

ध्रुवसागर शर्मा, म्याग्दी । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्, देवतालाई पुज्छन्, दान गर्छन् र आत्मसन्तुष्टि लिने गर्छन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरीरको रगत दिएर अरुलाई बचाउने मानिस भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसमध्येका एक हुनुहुन्छ म्याग्दीका समाजसेवी सुरत केसी ।

एकचालिस वर्षीय केसीलाई म्याग्देलीले ‘म्याग्दीका दधिचि’ ९अरुका लागि आफ्नो शरीरको अङ्गसमेत काटेर दिनसक्ने दानी व्यक्ति भन्छन् । विसं २०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने केसीले अहिलेसम्म ५०औँ पटक रक्तदान गरेर अरुलाई नयाँ जीवन दिनुभएको छ ।

केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने महिला, गाडी दुर्घटना भएकालगायत दर्जनौँ व्यक्तिलाई आफ्नो रगत दिएर बचाउनुभएको छ ।

सामान्यतयाः रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकको परामर्श रहने गर्छ । तर अरुको दुःख देख्नै नसक्ने केसीले तीन महिना नपुग्दै पुनः रक्तदान गरेर यही चैत १८ गते एकजना युवतीको ज्यान बचाउनुभएको छ ।

केसीको रगत ‘ए’ प्लस समूहको हो । रक्त सञ्चार केन्द्र बेनीमा ‘ए’ प्लस समूहको आठ प्वाइन्ट रगत हुँदाहुँदै पनि ‘प्लेटलेट्स’ बढी भएका ९७० किलोभन्दा बढी तौल भएका व्यक्ति० को रगत आवश्यक परेपछि केसीले ती युवतीलाई रक्तदान गरेर जीवन बचाइदिनाका साथै जिल्लामा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिको परिचय बनाउनुभएको हो ।

केसीलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उहाँलाई नजिकबाट चिन्नेहरुले बताउने गर्छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य एवं म्याग्दीका युवा समाजसेवी प्रकाश पौडेलले केसीलाई अरुको दुःख देख्नै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रुपमा चिन्ने गरेको बताउनुभयो ।

केसी पत्रकार महासंघ म्याग्दीको पूर्व अध्यक्षसमेत हुनुहुन्छ । यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालकसमेत रहनुभएका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा समेत आबद्ध हुनुहुन्छ ।

रासस
२०७४ चैत २२ गते प्रकाशित

वि.सं.२०७४ चैत २२ बिहीवार ०९:१४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...