back
NMB ad

कृषि पेसालाई प्रोत्साहन : व्यावसायिक तरकारी खेती गर्ने किसानलाई ८ देखि १५ लाखसम्म अनुदान दिइने

Kumari bank ad

काठमाडौँ । व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप तरकारीखेती गर्ने किसानलाई आठ लाखदेखि १५ लाखसम्म अनुदान दिइने भएको छ । नेपाल सरकारको तरकारी विकास निर्देशनालयलका अनुसार आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

नयाँ शुरु गरेका किसानलाई भन्दा पनि यो कार्यक्रम व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन लक्षित भएको बताए । पहिले खुल्ला खेती गर्ने किसानलाई बाँसको टर्नेलमा र बाँसको टर्नेलमा खेती गर्नेलाई झुलमा खेती गराउन प्रोत्साहन गरेको बताए ।

किसानले आफूले पनि लगानी गर्नुपर्ने सर्त छ । ललितपुर, काठमाडौँ, मकवानपुर, नुवाकोट, चितवान, लमजुङ, सिन्धुपाल्चोक र कैलाली गरेर नौ जिल्लाका किसानले अनुदान रकम पाएका हुन् ।

निर्देशनालयले चार फरक सर्तमा अनुदान सहयोग गरेको छ । टनेलसँगै, प्लास्टिक पोखरी बनाउन, थोपा सिँचाइ, हावामा खेती गर्नका लागि किसानलाई सहयोग गर्न लागिएको हो । यो कार्यक्रम अन्तर्गत विदेशबाट फर्किएका, ठूलो क्षेत्रफलमा खेती गरेका र प्रविधिको प्रयोग गरेको किसानलाई लक्षित रहेको बताए ।

२०७४ चैत २५ गते प्रकाशित

वि.सं.२०७४ चैत २५ आइतवार ०९:४१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...