back
NMB ad

पुर्ननिर्माणमा खटिएका ईन्जिनियरले जिम्मेवारी पूरा नगरेपछि सेवाबाट बर्खास्त

Kumari bank ad

नुवाकोट । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ ।

भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल गरेको, बानी व्यवहार तथा चालचलन गलत रहेको पाइएपछि कारबाही गर्दै आठ जना प्राविधिकलाई सेवाबाट हटाइएको नुवाकोटका एकाइ प्रमुख विदुर खड्काले जानकारी दिए ।

कारबाहीमा पर्नेमा इञ्जिनियर किस्पाङ–३ काहुले खटिएका वसन्त घिमिरे, किस्पाङ–५ मनकामना खटिएका शेषनारायण भण्डारी, लिुख–३ सूर्यमती खटिएका धुव्रराज खरेल, मेघाङ–५ सामरी खटिएका रामजी श्रेष्ठ, तादी–४ सुन्दरादेवी खटिएका रिजन अगञ्जा, तादी–५ नर्जामण्डप खटिएका शेखर झा, पञ्चकन्या–१ चौघडा खटिएका राधाकान्त शाह र ककनी–४ ककनी खटिएका सव–इञ्जिनियर नवराज शर्मा चापागाई रहेका छन् ।

भूकम्पपीडितलाई सेवा पु¥याउन परिचालन भएका प्राविधिकले लाभग्राहीको मापदण्ड विपरीतको घर अनुदानको लागि सिफारिस गरिदिन घुस लिएको, नक्सा पास गर्नुपर्ने बाहना बनाएर अतिरिक्त रकम असुल गरेकोलगायतको अनियमिततामा संलग्न रहेको पुष्टि भएपछि जिल्लाको सिफारिसमा पाँच जना प्राविधिकलाई केन्द्रले यसअघि सेवाबाट हटाएको थियो ।

२०७४ चैत २७ गते प्रकाशित

वि.सं.२०७४ चैत २७ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...