back
NMB ad

सरकारका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

Kumari bank ad

काठमाडौँ । सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ । सूचना प्रविधिको अत्याधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक कारोबार प्रारम्भ भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो प्रणालीको शुभारम्भ गर्दै सरकारका आर्थिक कारोबारलाई पारदर्शी र सहज बनाउन विद्युतीय प्रणाली प्रारम्भ गरिएको बताए । निकट भविष्यमा नै राजश्व संकलनसम्बन्धी सबै काम विद्युतीय प्रणालीबाट गरिने छ उनले भने।

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सबै निकाय र विभागलाई विद्युतीय कारोबार प्रणालीलाई सुव्यवस्थित तुल्याउन निर्देशन दिँदै आर्थिक कारोबारसम्बन्धी कानून, कार्यविधि र निर्देशिका निर्माणलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले प्रविधिको वर्तमान युगमा प्रविधिमैत्री प्रणाली विकास गर्दै सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै आर्थिक वर्ष २०७५÷७६ सम्ममा देशभरका सरकारी कार्यालयका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने योजना रहेको जानकारी दिए ।

२०७५ बैशाख १२ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १२ बुधवार १५:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...