back
NMB ad

लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुन्छ : पर्यटनमन्त्री

Kumari bank ad

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन् । उनले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भने ।

मन्त्री अधिकारीले भने, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ । उनले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको छ भने । उनले अन्तर्राष्टिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढवा दिनुका साथै अन्तर्राष्टिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले भने, “ग्रेटर लुम्बिनीसँगै मनोरेललगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती व्यवस्थापन समितिका संयोजक तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई निरन्तरता दिन खोजिएको र त्यसले बुद्धसँग सम्बन्धित सबै विषयलाई स्थापित गर्न लागेको बताए ।

उनले बुद्ध दर्शन जीवन पद्धति, नैतिक आचरण, काममा एकाग्रता भएकामा जोड दिँदै लुम्बिनीको पुरातात्विक र ऐतिहासिक विषयले बौद्ध दर्शनलाई स्थापित गर्न सघाउ पुग्न सक्छ भने । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले सम्मेलनमा भगवान गौतमबुद्धको जन्मस्थल पुरानो शाक्यको राजधानी हो र बुद्धको उद्भवस्थल पनि हो भन्ने प्रमाणित गर्न सम्मेललन फलदायी हुने विश्वास व्यक्त गरे ।

२०७५ बैशाख १५ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १५ शनिवार १६:३५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...