back
NMB ad

सरकारले यातायात व्यवसायीलाई भन्यो, यातायातसेवा रोक्नेको रुट परमिट खारेज हुन्छ

Kumari bank ad

काठमाडौं । सरकारले आज सञ्चालन नभएका बसहरुको रेकर्ड राखेर रुट परमिट खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले आज बस सञ्चालन नगर्नेको रेकर्ड राखी खारेज गर्ने तयारी गरेको हो । यता सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यबिधि अनुसार दर्ता भएका यातायात प्रालिहरुले आफ्नो सेवालाई निरन्तरता दिएका छन ।

सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । तर, सरकारले सिण्डिकेटसामू नझुक्ने रणनीति लिएको छ । आज सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले बताएको छ । अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण गृह प्रशासनले संकलन गर्ने छ भने विभाग पनि टोली खटाउँदैछ । देशभर सेवा रोक्ने सवारीको विवरण लिएर खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उनले बताए । ‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्, हामी पनि त्यसमा खटिन्छौं’ भट्टराईले भने ।

उनका अनुसार केही व्यवसायीले आन्दोलन गरेपनि सेवा बन्द नहुने प्रवन्ध मिलाइनेछ । यसका लागि क्यू फी बनाइनेछ र यात्रुको चाप भएका सडकमा कम्पनीका बसहरु चल्नेछन् । आन्दोलनको नाममा सार्वजनिक सवारी रोक्नु अपराध भएको भन्दै गृह प्रशासनले पनि त्यही अनरुप कारवाही गर्ने बताएको छ । सरकारले हालै मात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचना पनि निकालेको छ ।

अहिले नै ४२ भन्दा बढी यातायात कम्पनीले बन्दका समयमा पनि सेवा दिने बताइसकेका छन् । उपत्याकाभित्र मयुर, साझा लगायत कम्पनीका सवारी चल्नेछन् । उपत्याकाभित्र विभिन्न कम्पनीका ठूला बसहरु चलिरहेकाले व्यवसायीले आन्दोलनमा आएर सवारी नचलाए पनि फरक नपर्ने विभागको आँकलन छ ।

२०७५ बैशाख २१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २१ शुक्रवार १०:३३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...