back
NMB ad

स्थानीयको आन्दोलनको कारण विवादित अपर तामाकोशीको आइपीओ अब कहिले आउँछ

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ खुल्न अझै केही समय पर्खिनुपर्ने भएको छ । यसअघि चैतमै खुल्ने भनिएको आइपीओ विभिन्न बाहनामा पर सारिंदै आएको छ । चैतबाट वैशाख हुँदै अब जेठमा आइपीओ खुला गरिने भनिएको छ । स्थानीयको आन्दोलन लगायतका कारण देखाउँदै आइपीओ जारी गर्ने मिति बारम्बार पर सारिंदै आएको हो ।

धितोपत्र बोर्डलाई कम्पनीको अडिट रिपोर्टलगायत अन्य आवश्यक विवरण पेश गर्न ढिलाई भएकाले वैशाखमा पनि आइपीओ बिक्री खुला गर्न नसकिएको कम्पनीको पछिल्लो भनाई छ । माथिल्लो तामाकोशी आयोजनाका कम्पनी सचिव रामकुमार श्रेष्ठले धितोपत्र बोर्डमा आर्थिक वर्ष २०७३–७४ को अडिट रिपोर्ट बुझाउने तयारी भइरहेको जानकारी दिए ।

‘अडिट रिपोर्ट सहित आवश्यक कागजातको अध्ययन गरेपछि बोर्डले अनुमति दिनेछ । त्यसपछि तुरुन्तै आह्वानपत्र जारी गरिनेछ,’ उनले भने । अहिलेको योजना अनुसार काम भएमा जेठ महिना भित्रै आइपीओ बिक्री खुला हुने उनको भनाई छ । श्रेष्ठका अनुसार गत पुस मसान्तभित्र अडिट रिपोर्ट बुझाउन सकेको भए वैशाख अघि नै लगानीकर्ताले सेयर भर्न पाउने थिए । अडिट रिपोर्टसँगै बोर्डले मागेका केही संशोधित विवरणहरु पनि पठाउन लागिएको उनले बताए ।

माथिल्लो तामाकोशीको आयोजना प्रभावित दोलखाबासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ आउन लागेको हो । स्थानीय दोलखाबासीलाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर दिइने छ । स्थानीयलाई ‘क’ ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरेर सेयर वितरण गर्न लागिएको हो ।

यसअघि स्थानीयबासीले ‘क’ र ‘ख’ वर्गमा मात्र वर्गीकरण गरी सेयर दिनुपर्ने माग गर्दै आन्दोलन समेत गरेका थिए । तर सरोकारवाला निकायहरुको बैठकले ‘क’ ‘ख’ र ‘ग’ गरी ३ वर्गमा नै वर्गीकरण गरिने निर्णय गरेको छ । जिल्ला समन्वय समिति दोलखाको आयोजनामा संघीय संसद तथा प्रादेशिक संसदका सदस्य, प्रमुख राजनीति दल, स्थानीय तहका प्रमुखको सहभागितामा बैठक बसेर यस्तो निर्णय गरेको हो ।

२०७५ बैशाख २३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २३ आइतवार ०९:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...