back
NMB ad

विदेशको कमाइले विद्यालयलाई सहयोग

Kumari bank ad

पोखरा । जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका सूर्य गुरुङले माछापुच्छ्रे गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराएका हुन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमा दाता सूर्य गुरुङकी आमा कुमारी गुरुङ, बहिनी लक्ष्मी गुरुङ, दाजु तेजबहादुर गुरुङ र भाउजू बेनीकुमारी गुरुङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

सिटिइभिटीबाट स्वीकृत प्राप्त कृषितर्फको सम्पूर्ण अध्ययन अध्यापन भइरहेको सो विद्यालयमा शिशु तहदेखि कक्षा १२ सम्म हाल ३७० विद्यार्थी अध्ययरत रहेको प्रअ गुरुङले जानकारी दिए ।

यसअघि उनले गोरखा जिल्लामा भूकम्पबाट क्षति पुगेको जनजागृति मावि, कास्की धलेलस्थित बमबहादुर घले आधारभूत विद्यालय, पोखरा १६ स्थित अर्मलाको अन्नपूर्ण माध्यमिक विद्यालय निर्माण र पुस्तकालय स्तरोन्नतिका साथै पोखरा रंगशालाको पर्खाल निर्माणका लागिसमेत बेलायतबाट रु ५० लाख संकलन गरेर सहयोग उपलब्ध गरेका थिए ।

२०७५ बैशाख २५ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २५ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...