back
NMB ad

राष्ट्रियसभा जनप्रतिनिधिको प्रतिनिधि संस्था : अध्यक्ष तिमिल्सिना

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको संयुक्त राज्य बेलायतको संसदीय टोलीसँग शिष्टाचार भेटघाट सम्पन्न भएको छ । सो भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधिमुलक संस्था भएको बताउनुभयो ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रदेशसभाका सांसदले निर्वाचित गरेर राष्ट्रियसभामा पठाउने भएकाले यसलाई जनप्रतिनिधिको पनि प्रतिनिधि संस्था भएको बताउनुभएको हो । भेटका क्रमममा उहाँले लामो संक्रमणकालको अन्त्यपछि बनेको नयाँ संविधान र सोहीअनुसार निमार्ण भएका संरचना प्रतिनिधित्वमुलक र समावेशी भएको बताउनुभयो ।

उहाँले नयाँ संविधानअनुसार बनेको राष्ट्रियसभा र प्रतिनिधिसभाले आफ्नो कार्य प्रारम्भ गरिसकेको जानकारी गराउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रसम्म नै प्रतिनिधित्व समावेशी रहेको बताउँदै समानतामुलक समाज निर्माणतर्फ देश अगाडि बढिसकेको बताउनुभयो ।  ‘स्थानीय, प्रदेशसँगै संघीय संसदमा पनि महिलाको प्रतिनिधित्व उल्लेख्य रहेको छ । राष्ट्रिय सभामा ५९ जना मध्ये २२ जना महिला रहेका छन् भने प्रतिनिधि सभामा २७५ जना सदस्य मध्ये ९० जना महिला सदस्य छन्,’ उहाँले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा समावेशी दृष्टिकोणले सबैभन्दा अगाडि रहेको बताउँदै महिला, दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तको प्रतिनिधिमुलक संस्था भएको जानकारी बेलायती प्रतिनिधमण्डललाई जानकारी दिनुभयो ।  प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल र बेलायतको संसदीय अभ्यासको अनुभव आदानप्रदान तथा सम्बन्धबारे छलफल भएको थियो । सो क्रममा उहाँले दुई देशका सरकार सरकारबीच औपचारिक सम्बन्ध स्थापित भएको दुईसय भन्दाबढी वर्ष भइसकेकोले सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताउनुभयो । उहाँले दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने धारणा राख्नुभयो ।

बेलायत लोकतन्त्र र संसदीय अभ्यासमा पुरानो मुलुक भएकाले त्यहाँको अनुभव भर्खर मात्रै नयाँ संविधान जारी गरेर स्थिरता र विकासतर्फ उन्मुख नेपालका लागि लाभदायिक हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि संसदमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन भएको र त्यसलाई संविधान सभामा निरन्तरता दिन नसकेको जानकारी गराउँदै अब संघीय संसदको कार्यकालमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन गर्ने प्रयास गर्ने जानकारी गराउनुभयो ।

२०७५ बैशाख २५ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २५ मंगलवार १६:४७ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...