back
NMB ad

संघीय संरचनामा एकिकृत कृषि नीति आवश्यक : विज्ञ

Kumari bank ad

काठमाडौं । संघीय संरचनामा गएर कानुन बनाउँदा एकिकृति कृषि नीतिको आवश्यकता रहेको कृषि विज्ञहरुले बताएका छन् । उनीहरुले प्रदेश तथा स्थानीय सरकारले कृषि नीति बनाउँदा समग्र कृषि नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका छन् । फोर एच नेपालद्वारा आयोजित संघीय संरचनामा कृषि नीति र युवा उद्यमशीलता विषयक राष्ट्रिय बहस कार्यक्रममा विज्ञहरुले नीति निर्माण तथा कार्यान्वयन हुनेमा शंका गरेका छन् । उक्त कार्यक्रम नेपाल उद्योग वााणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।

कृषि नीति राष्ट्रिय बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य डा। प्रभु बुढाथोकीले सरकारले अब राष्ट्रिय योजना बनाउँदा नै युवालाई कृषिमा सहभागिता जनाउने गरी नयाँ योजना निर्माण गर्नु पर्ने कुरामा जोड दिए । उनले दिगो विकास लक्ष्यको नेतृत्व युवाले गर्नु भन्दै दिगो विकास लक्ष्यमा पूग्न बजेटको अभाव रहेको बताए ।

उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. देवेन्द्र गौचनले कृषि नीति आफैमा प्रभावकारी नभएको बताएका छन् । उनले भने कृषिसँग जोडिएका नीति सरोकारवाला निकायसँग सरोकार नगरी बनाएकाले यसमा समस्या आएको बताए । नेपाल वाणिज्य संघ अन्तरगत कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदिप महर्जनले कृषिमा पनि सरकारले कर लगाएकाले मूल्य बृद्धि भएको बताए र उनका अनुसार कृषि उत्पादन बजारमा जाने बेला ५५ निकायमा कर तिर्नु पर्ने बाध्यता रहेको बताए । कार्यक्रममा पोखरा विश्वद्यिलायका प्राध्यापक डा। ऋषिकेश पाण्डेले नेपालमा कृषि अनुसन्धानमा कमी रहेको र सरकारले विना अनुसन्धान नीति बनाएको आरोप लगाए ।

कार्यक्रममा डा. चिरञ्जिवी भट्टराईले नेपला सरकार नीति, योजना तथा कार्यक्रम स्पष्ट नरहेको बताए । उनले भने संविधानतः अब नीति निर्माण बनाउने अधिकार स्थानीय सरकारमा रहेको बताएका छन् ।  कार्यक्रमको औचित्यको बारेमा स्पष्ट पार्दै फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले संघीय संरचनामा युवा नीतिको बारेमा अस्पष्टता देखिएकाले यो बहसको आयोजना गरेका बताए । उनले २०७५ जेठ ६ दर ७ गते हुने दोस्रो कृषि उद्यम सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय कृषि नीतिका बारेमा बहस आयोजना गरिएको बताए ।

२०७५ बैशाख २५ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २५ मंगलवार १७:०७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...