back
NMB ad

कानुन निर्माण संसदको पहिलो प्रथामिकता : अध्यक्ष तिमिल्सिना

Kumari bank ad

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि जापानका राजदूत माशाशी ओगावाबीच शिष्टचार भेट सम्पन्न भएको हो । आफ्नो साढे चारवर्षको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कक लाग्नुभएका राजदूत ओगावाले बुधबार अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित सचिवालयमा भेटघाट गर्नुभएको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सम्पन्न गरी स्वदेश फर्कनलागेकोमा राजदूत ओगावालाई बधाई व्यक्त गर्नुभयो ।

तिमिल्सिनाले यो अवधिमा नेपालले भूकम्प, संविधान निमार्ण र नाकाबन्दीको सामना गरेको बताउँदै सो क्रममा राजदूतमार्फत जापानबाट प्राप्त सहयोगको प्रशंसा गर्नुभयो । त्यसैगरी जापान सरकारले पूर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको सहयोगले नेपाल लाभाम्वित भएको बताउनुभयो ।

त्यसैगरी संविधानअनुसार बन्नुपर्ने सयभन्दा बढि कानुन निमार्णमा प्रथामिकतासाथ संसद जुटिरहेको र देश अब समृद्धितर्फ उन्मुख भएकाले त्यसका लागि मित्रराष्ट्रहरुको सहयोग र साथ हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुई देशबीच संसदमैत्री समूह गठन गरी सांसदहरुको भ्रमण तथा अनुभव आदानप्रदानमा पहल गर्ने बताउनुभयो । जापानका राजदूत ओगावाले संविधानअनुसार बनेको सबै संरचनाको निर्वाचन सम्पन्न गरी कार्यन्वयतर्फ लागेकाले नेपालले स्थिरता र समृद्धिको लक्ष्य हासिल गर्ने बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

२०७५ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २६ बुधवार १४:४४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...