back
NMB ad

बिर्सिनुभयो कि ? देवः को ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । देवः विकास बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज आइतबार अन्तिम दिन हो । बैंकले चैत २६ गतेदेखि ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । फागुन १६ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न सक्नेछन् । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यही पुँजी पुर्याउन देवःले हकप्रद बिक्री खुला गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित लगनखेल र पोखरा शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, देवः विकास बैंकको अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न पाइनेछ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्नेछ ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको देवःको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ ५७ पैसा छ ।

२०७५ बैशाख ३० गते प्रकाशित

वि.सं.२०७५ वैशाख ३० आइतवार ०९:१३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...