back
NMB ad

निजी आवास पुर्ननिर्माणले गति लिएसँगै, चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

Kumari bank ad

काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

मंगलबारसम्मको तथ्यांकअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये रु चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ । निजी आवास पुनःनिर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घर पुनःनिर्माण भएको छ । पछिल्लो तथ्यांङअनुसार चार लाख ५३ हजार ६८३ घर पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुनःनिर्माण भएका हुन् ।

दोलखामा अहिलेसम्म २८ हजार ८०७ घर पुनःनिर्माण भइसकेको छ भने ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेका छन् । अहिलेसम्मको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घर पुननिर्माण भइरहेको भने २० हजार ९७१ घर निर्माण भइसकेका छन् ।
कूल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।

यसैगरी तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन् । पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था गरिएको छ ।

२०७५ जेठ २ गते प्रकाशित

वि.सं.२०७५ जेठ २ बुधवार १४:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...