back
NMB ad

नेपाल बैंकको प्रिमियमसहित २८० रुपैयाँमा एफपिओ आउँदै

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रतिशेयर प्रिमियमसहित २८० रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । यद्दपि, बैंकको यस प्रस्तावलाई नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्ने हुन्छ । धितोपत्र बोर्डंले कति रुपैयाँमा एफपीओ ल्याउन अनुमति दिन्छ भन्ने चाहिँ टुंगो लागिसकेको छैन ।

बैंकले गत साधारणसभा बाट एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। त्यस्तै प्रिमियम रकम जगेडा कोषमा थपिनेछ ।

हाल बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । एफपिओ निष्काशनपछि बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशतमा कायम हुनेछ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको यस बैकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३१ पैसा छ ।

२०७५ जेठ ११ गते प्रकाशित

वि.सं.२०७५ जेठ ११ शुक्रवार १५:११ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...