back
NMB ad

प्रधानमन्त्रीबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन शुरु

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिनुभएको थियो ।
नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५÷७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७४÷७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्नुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठक ११ः४८ बजे शुरु भएको थियो । बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएन, व्यापक समर्थनभाव, विश्वास र अपेक्षा देखियो, कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ ।

२०७५ जेठ १३ गते प्रकाशित

वि.सं.२०७५ जेठ १३ आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...