काठमाडौं। विश्वकप फुटबल नजिकिएका बेला वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने योजना ल्याएको छ। वर्ल्डलिंकले “बीस तीस पच्चास वर्ल्डकप झक्कास्” प्याकेज ल्याएको बिज्ञप्तीमार्फत जनाएको छ । यस्तो प्याकेज किन्नेले एक वर्षसम्म निशुल्क नेट टिभी पाउन सक्ने बताइएको छ।
कम्पनीका अनुसार नेटटिभीबाट ग्राहकहरुले फूल एचडी च्यानलबाट वर्ल्डकप हेर्न सक्नेछन्। वर्ल्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेट टिभी निशुल्क पाउने बिज्ञप्तीमा उल्लेख छ।
एकबर्षको प्याकेज खरिद गर्दा रु.५०० डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।
पहिल्यै वर्ल्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेटटिभिको अवसर दिइएको छ। यस्तै नेटटिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३५० रुपैयाँ, ६ महिनाको १००० रुपैयाँ र एक बर्षको ३४०० रुपैयाँ भुक्तानी गर्नुपर्ने बिज्ञप्तीमा जनाइएको छ। वर्ल्डलिंकले देशका ६५ भन्दा बढी जिल्लामा २ लाखभन्दा बढी सेवा दिँदै आएको छ। बिजमाण्डु
२०७५ जेठ १३ गते प्रकाशित
वि.सं.२०७५ जेठ १३ आइतवार १६:१० मा प्रकाशित