back
NMB ad

एनएमबि बैंकलाई एफपीओ बिक्री गर्ने अनुमति, एफपिओ मूल्य कति ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको छ । बैंकले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ वरावरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनको अनुमति पाएको हो।

बैंकले प्रति कित्ता आधार मुल्य एक सय रुपैयाँमा दुर्इ सय ३३ रुपैयाँ प्रिमियम थप गरी तीन सय ३३ रुपैयाँका दरले निष्कासन अनुमति पाएको छ। यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

बैंकले गत वर्षनै एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो। बैंकको विदेशी साझेदार कम्पनी एफएमओको हिस्साको विषयले प्रकृया लम्बिएको थियो।तर पछिल्लो पटक नेपाल राष्ट्र बैंकले एनएमविलाइ एफपिओ निष्कासनको लागि बाटो खुला गरिदिएको थियो।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ३०० रुपैयाँ पुग्नेछ । यसआधारमा एनएमबिले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ३९ करोड ६७ लाख ९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नुपर्नेछ ।

एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी वार्षिक २९ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार १७:१२ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...