back
NMB ad

अर्घाखाँचीमा जनता बैंकको स्वास्थ्य शिविर, तीन सयले स्वास्थ्य परिक्षण गराए

Kumari bank ad

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडबाट पाणिनी गाउँपालिका, दुर्गाफाट, अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

असार ८ गते सम्पन्न गरिएको स्वास्थ्य शिविरको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले गर्नुभएको थियो । बैंकका संचालक लङ्कबहादुर केसीको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रायमाझीले ग्रामिण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पु¥याएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो । करिव ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्यजाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ मार्फत ग्रामिण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । उक्त शिविरबाट आङ्ग खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्नेछ ।

२०७५ असार १० गते प्रकाशित

वि.सं.२०७५ असार १० आइतवार २१:३१ मा प्रकाशित

You can share this post!

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...