back
NMB ad

मन्त्रालयगत कार्ययोजनामा प्रधानमन्त्रीको निगरानी

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिनुभएको छ ।

बुधबार सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्य योजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिबहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
गृह, भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिंचाइ (उर्जा तर्फ), उर्जा जलस्रोत तथा सिंचाइ (जलस्रोत र सिंचाइ तर्फ) सहरी विकास मन्त्रालयका सचिवले कार्ययोजना पेश गरेका छन् । यसैगरी स्वास्थ्य, जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय (कृषि, पशुपंक्षी र भूमि तथा सहकारी), खानेपानी तथा सरसफाई र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय (उद्योग तर्फ)का सचिबले आफ्ना आफना कार्ययोजना पेश गरेका छन् ।
समय अभावले अन्य मन्त्रालयहरुले आज योजना पेश गर्न सकेनन् । बाँकी रहेका मन्त्रालयले अर्को कार्यक्रम आयोजना गरी योजनाहरु पेश गर्ने भएका छन् ।


मन्त्रालयगत योजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले विभिन्न सुझाव दिनु भएको छ । सहकारीहरुलाई वित्तीय कारोबार भन्दा उत्पादनतिर लाग्न जोड दिनु पर्ने प्रधानमन्त्रीको सुझाव छ । महंगी अत्याधिक बढेको सम्बन्धमा कडा ढंगले अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ । यसैगरी दुर्घटना कम गर्नका लागि सडक निर्माण गर्दा नै पहाडी तथा हिमाली क्षेत्रम अनिवार्य रुपमा सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।

कार्यक्रममा सबै मन्त्रालयका मन्त्री र सचिबहरुको उपस्थिती थियो । दिउसो २ बजे देखि सञ्चालन भएको कार्यक्रम राती साढे ९ बजेसम्म सञ्चालन भएको थियो ।

२०७५ असार २७ गते प्रकाशित

वि.सं.२०७५ असार २७ बुधवार २३:२१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...