back
NMB ad

वाणिज्य बैंकहरुबाट कृषि, जलविद्युत् र पर्यटनमा रु ४८८ अर्ब कर्जा प्रवाह

Kumari bank ad

काठमाडौँ । विसं २०७५ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुबाट कृषि, जलविद्युत् र पर्यटनमा कुल रु ४८८ अर्ब ६८ करोड कर्जा प्रवाह भएको छ । यो रकम २०७५ साल जेठ मसान्तमा बैंकहरुको लगानीमा रहेको कुल कर्जाको २३.६ प्रतिशत हो ।

आव २०७५/७६ का लागि आज मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आव २०७४/७५ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले २०७५ असार मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

यसअन्तर्गत कृषि क्षेत्रमा १०, जलविद्युत्मा पाँच, पर्यटन क्षेत्रमा पाँच र बाँकी पाँच प्रतिशत अन्य प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था यस बैंकले गरेको थियो ।

वाणिज्य बैंकहरुले आफ्नो कर्जा लगानीको न्यूनतम पाँच, विकास बैंकहरुले ४.५ र वित्त कम्पनीहरुले चार प्रतिशत अनिवार्य रुपमा विपन्न वर्ग कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाअन्तर्गत २०७५ साल जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल कर्जाको ५।२ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका उहाँले बताउनुभयो ।

त्यसैगरी, विकास बैंकहरुले ८।० र वित्त कम्पनीले ५।० प्रतिशत विपन्न वर्गमा लगानी गरेका छन् । समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको विपन्न वर्गमा रु १२९ अर्ब ६२ करोड कर्जा लगानी रहेको छ ।

त्यसैगरी, राष्ट्र बैंकले भूकम्प पीडितहरुको आवासीय घर निर्माण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले यस प्रयोजनका लागि लिएको पुनरकर्जा भूकम्प पीडितहरुलाई बढीमा दुई प्रतिशत ब्याजमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

विसं २०७५ असार २६ गतेसम्म यस्तो पुनरकर्जा रु एक अर्ब ७९ करोड स्वीकृत भइसकेको छ । यसबाट एक हजार ११ जना लाभान्वित भएका राष्ट्र बैंकले जनाएको छ । पाँच प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा कार्यक्रम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमार्पmत कार्यान्वयन गर्दै आएको छ । विसं २०७४ चैत मसान्तसम्ममा सात हजार ७०४ जनाले यस्तो कर्जा उपयोग गरेको गभर्नर नेपालले जानकारी दिनुभयो । रासस

२०७५ असार २८ गते प्रकाशित

वि.सं.२०७५ असार २८ बिहीवार ११:३४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...