back
NMB ad

चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

Kumari bank ad

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुट्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्दछ भन्नुभयो ।

चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभएको थियो ।

२०७५ असार ३१ गते प्रकाशित

वि.सं.२०७५ असार ३१ आइतवार १३:२६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...