back
NMB ad

प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव वन्दै

Kumari bank ad

काठमाडौं । साउन ३ – त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले एक विशेष कार्यक्रम गरी ४४ औं वार्षिक दिवस सम्पन्न गरेको छ । मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ । लामो समयदेखि जिवजन्तुका वारेमो अध्ययन एवं अनुसन्धान गर्दै आइरहेको संग्राहलयको वार्षिक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्राकृतिक विज्ञान संग्रहालयका त्रिवि मात्रै नभई मुलुककै गहना भएकोले यसको संरक्षण र सम्वद्धनका लागी त्रिवि प्रयत्नशील रहेको बताउनुभयो ।
पुरानौ भौतिक संरचनामा अवस्थिति यस संग्राहलयको भौतिक पूर्वाधार विकास र यसको व्यापाक प्रचार÷प्रसार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले स्वयम्भू क्षेत्रको ऐतिहासिकतालाई मध्यनगर गरी संग्राहलय निर्माण गर्ने जानकारी दिनुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा रामप्रसाद खतिवडाले संग्रहालयको विकास र यसको उन्नयनमा आफूहरु लागिपर्ने बताउनुभयो । संग्रहालयको दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उहाँले आधुनिक भवन निर्माणको लागी कीर्तिपुरमा जग्गा समेत छुट्याइसकिएको जानकारी गराउनुभयो।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा.दिपक खड्काले स्वायत्ततामा गएर संग्रहालयकोले भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण प्रगति हासिल गर्नसक्ने बताउनुभयो । जिर्ण भौतिक पूर्वाधारले यसको गरिमा र महत्व खस्कन थालेको भन्दै व्यापक प्रचार गरी विभिन्न दातृ निकायहरुसँग सहकार्य गरी प्राकृतिक विज्ञान संग्रहालयको विकास गर्न सुझाव दिनुभएको थियो।
त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमलाले प्राकृतिक विविधताको संरक्षण र सम्वद्धन गर्दै आइरहेको प्राकृतिक विज्ञान संग्राहलयले विज्ञानका विद्यार्थीहरुको आर्कषण एवं अन्तराष्ट्रिय अनुसन्धानको महत्वपूर्ण हव वन्न सक्ने दृष्टिकोण व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख प्रा.डा धर्मराज डंगोलले संग्रहालयले पछिल्लो समयमा गर्दै आइरहेको सुधारका कामहरु र भविष्यमा अघि वढ्न वनाइएको योजना समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्राकृतिक स्रोतका नमुनाहरुलाई संरक्षित,संगहित र प्रदशैनी गर्ने उद्देश्यले निर्माण भएको यस संस्था वि.स २०३२ श्रावण २ गते स्थापना भएको हो । संग्रहालयका बैज्ञानिकहरुले प्र्रकृति सम्बन्धी विभिन्न अध्ययन÷अनुसन्धान गरिरहेका छन । विभिन्न स्वदेशी–विदेशी संस्थाहरुसग मिलेर बन,कृषि,सिमसार क्षेत्रका वोटविरुवा,किटपतङ,सरिसृप,स्तनधारी प्राणीका बारेमा समेत अध्ययन÷अनुसन्धान गरिरहेको संग्राहलयका प्रमुख प्रा.डा डंगोलले जानकारी गराउनुभयो ।

वि.सं.२०७५ साउन ३ बिहीवार ०८:२३ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...