back
NMB ad

धादिङमा दुई जना झाँक्रीलाई हत्या गरेको आरोपमा गाउँभरिका ३१ जना पक्राउ

Kumari bank ad

धादिङ । दुई जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लतावबाट आज ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।

गाउँवासीको कुटपिटबाट दुई जनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

घटनामा गङ्गाजमुना गाउँपालिका– २ लतावका ६५ वर्षीय साहिँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो । उनीहरुलाई गाउँमा मृत्यु भएका केही व्यक्ति आफूले मन्त्र गरेर मारेको, गाईवस्तुलाई समेत मन्त्र गर्ने गरेको र झाँक्री मन्त्रबाट मानिसलाई बच्चा पाउने नपाउने समेत बनाउन सक्ने भन्दै गाउँवासीलाई तर्साउपछि सिंहबहादुर तामाङका घरमा किरिया समापनको कार्यक्रम हुँदै गर्दा कुटपिट गरिएको थियो ।

गत असार ५ गते कुटपिट गरी गाउँमै बाँधेर राखिएका दुवै जनालाई गाउँवासीले असार ६ गते गाउँवासीसँग छलफल आयोजना गरी पुनः कुटपिट गरिएको थियो । घटनापछि दुवैको मृत्यु भएको र मृत्युपछि गाउँवासी मिलेर गाउँमा अन्य गाउँको मानिस आउन प्रतिबन्ध लगाई मृतकलाई डाँडामा लगेर जलाएका थिए । जलाइएको ठाउँमा प्रहरीले अनुसन्धान गर्दा अँगार र केही हाड बरामद गरेको छ ।

साहिँला झाँक्री काम गर्दैआएका व्यक्ति तथा नरुङ झाँक्रीको सहयोगी थिए । हिरासतमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ । घटनामा छानबिनपछि संलग्न नभएकालाई छाडिने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

२०७५ साउन ८ गते प्रकाशित

वि.सं.२०७५ साउन ८ मंगलवार १७:५९ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...