back
NMB ad

पहिरोमा परेर ९ जनाको मृत्यु (लिस्ट सहित)

Kumari bank ad

रसुवा । गए मध्यराती परेको भिषण वर्षासँग गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा ३ सय मिटर माथिबाट आएको पहिरोका कारण ३ वटा घर पुरिदा ९ जनाको मृत्यु भएको छ ।
धुन्चेबाट स्याफ्रुहुँदै टिमुरे पुग्ने सडक मार्ग लिङलिङलगायत ठाउँ ठाउँमा अवरुद्ध पन्छाउँदै जिल्लाबाट पुगेका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलतथा सुरक्षा प्रमुखहरु, जनप्रतिनिधीहरु बिहानै पुगेका थिए ।

सदरमुकाम धुन्चेबाट ३० किमी टाढा नेपाल चीन सिमाना नजिकै पर्ने घटनास्थलमा रातिदेखिनै स्थानीय रसुवागढी जलविद्युत आयोजनाका कर्मचारी, प्रहरी सेनालगायत स्थानीयले उद्धार गरेपनि हराएकाहरुको लास खोजीकार्य बेलुकीसम्म गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका ४ का ३७ वर्षका शुस खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ , रसुवाको थुमनका ४५ वर्षका मीङमरगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङकिमो घले , नुवाकोटका रमेस तामाङ र सर्मिला कमिनीको लास प्राप्त भएर सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक सन्तोष तामाङले बताउनुभयो । घटनामा घाईले रहेका १२ जना मध्ये स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार गरी ५ जनालाई थप उपचारको लागि राजधानी पठाएको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङपुनुर्पु तामाङले जानकारी दिनुभयो ।
घटनास्लमा नेपाल रेडक्रस सोसाईटीबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले मृतकका परिवारलाइई १ लाख रुपियाँ , घर पुरिएकालाई तत्काल १० हजार र घर बनाउन सहयोग स्वरुप ५० हजा रुपैयाँ प्रदान गरिने बताउनुभयो ।
पहिरोले पुरिएर १ पक्की २ कच्चीघर २ टहरा पुरिएका हुन् । पहिरोले स्थानीय टासीदेलेक होटल पुर्ण रुपमा क्षति भएको छ । त्यहाँ पुरिएको आशंकामा स्क्याभेटर तथा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य भईरहेको छ । पहिरोले टिमुरे गाउँ प्रबेश गर्ने स्थलमा रहेको प्रहरी चेक पोष्ट समेत ५ वटा छाप्रा पुरेको छ । पहिरोले विद्युत पोल समेत ढालेपछि सो क्षेत्रमा विद्युत र टेलिफोन , ईन्टरनेट सेवा समेत अवरुद्ध भएपछि रसुवागढी भन्सारको नियमित काम पनि ठप्प भएको छ । मध्यरातमा भिषणवर्षासँग आएको पहिरोले रातभर जागै रहेर उद्धार कार्यमा स्थानीय सुरक्षा निकाय तथा स्थानीयले उद्धार गरेको स्थानीय उर्केन घेलेले बताउनुभयो ।

रसुवगढी नाकामा पर्ने सडकमार्ग समेत पहिरोले अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको छ । टिमुरे प्रवेशद्वारको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ । त्यहाँ रोकेको अवस्थामा रहेका ना २ ख ८६८९, ना ५ख ७००७ र ना२ख ३६६३ नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

२०७५ साउन १० गते प्रकाशित

वि.सं.२०७५ साउन १० बिहीवार २२:०९ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...